Latest News
Dr. Man Bahadur Pun
Dr. Prerana Sedhain Bhattarai
नेपालमा परापूर्व कालदेखि नै पशु तथा मत्स्यपालन र कृषिबाटै जीवन निर्वाह भएको पाईन्छ। मानव सभ्यताको विकासको क्रमसँगै घोडा लगायतका पशुपन्छीको जातिय सुधार र उपचारका लागि जडिबुटी तथा प्रचिन पद्धतिको प्रयोग भएको पाईन्छ।मानिसको आहारा र प्रोटिनका लागि मासु, दूध, माछा र फुल, रेसा र कपडाका लागि ऊन, पस्मिना, छाला, प्वाख, आदि, खेतीपातीका लागि मल, कृषिकार्य देखि मालसामान ओसारपसार, ढुवानी र यातायातसम्म गाई, भैंसी, भेडा, बाख्रा, सुंगुर, बंगुर, कुखुरा, हाँस, घोडा, खच्चड, गधा, याक, नाकले पुर्याएको योगदान निकै महत्वपूर्ण मानिन्छ। नेपालमा संस्थागत रुपमा आधुनिक पशु चिकित्सा पद्धतिको सुरुवात वि.स. १९९६ मा काठमाडौंमा एक डिस्पेन्सरीको स्थापनाबाट भएको थियो। उन्नत पशुपालनको प्रचार र विकास गर्ने उद्देश्यले २०१४ सालमा कास्की लगायत पशुपालनको क्षेत्रमा अग्रस्थानमा रहेको विभिन्न १० जिल्लामा पशु चिकित्सालय स्थापना भएको पाइन्छ। बुटी तथा प्राचिन पद्दातिको प्रयोग भएको